Kathmandu Press

सत्यतथ्य र भौतिक प्रमाण बटुलेर निष्पक्ष रूपमा घटनाकाे अनुसन्धान गर्नुपर्छ : महान्यायाधिवक्ता

काठमाडाैं, भदाै ८ : महान्यायाधिवक्ता खम्मबहादुर खातीले नयाँ घटना हुने अवस्थामा त्यसको अनुसन्धानका लागि विशेषरुपमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्।प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान...
सत्यतथ्य र भौतिक प्रमाण बटुलेर निष्पक्ष रूपमा घटनाकाे अनुसन्धान गर्नुपर्छ : महान्यायाधिवक्ता

काठमाडाैं, भदाै ८ : महान्यायाधिवक्ता खम्मबहादुर खातीले नयाँ घटना हुने अवस्थामा त्यसको अनुसन्धानका लागि विशेषरुपमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा आयोजित ‘उपत्यका अपराध अनुसन्धान समीक्षा गोेष्ठी’को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले निष्पक्ष, स्वतन्त्र, निर्विवाद, सत्यतथ्य र भौतिक प्रमाण बटुलेर अनुसन्धान गर्नुपर्नेमा जोड दिए।

उनले भने, 'अनुसन्धान अधिकृतलाई स्वतन्त्ररुपमा काम गर्न दिनुपर्छ , मुलुकी फौजदारी संहिताले अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई र अभियोजन गर्ने जिम्मा सरकारी वकिललाई दिएको छ र सत्यतथ्यको आधारमा निचोड निकालियो भने पीडितलाई न्याय पाउने छन्।'

महान्यायाधिवक्ता खातीले अपराध नियन्त्रणको चुनौतीलाई सामना गर्न राज्यको प्रणालीलाई बलियो बनाउनुपर्नेमा जोड दिए। साइबर क्राइम र आर्थिक अपराधलगायतका जधन्य अपराध नियन्त्रणमा नयाँ नीति निर्माणको आवश्यकता औँल्याए उनले साइबर क्राइमका मुद्दा काठमाडौँमा मात्रै दर्ता गर्ने अवस्थाको अन्त्यका लागि केही नेपाल ऐन संशोधन प्रक्रिया अघि बढेको जानकारी दिए।
 

प्रकाशित मिति: १४:५७ बजे, बुधबार, भदौ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्