Kathmandu Press

गैरकानुनी संरचना बनाएर भाडामा लगाउनेहरू दोषी हुन् : बालेन

काठमाडौं, भदौ ८ : काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले काठमाडौं महानगरमा गैरकानुनी संरचना बनाएर भाडामा लगाउनेहरू दोषी रहेको बताएका छन्।आज (बुधबार) अनधिकृत संरचना हटाउन...
गैरकानुनी संरचना बनाएर भाडामा लगाउनेहरू दोषी हुन् : बालेन

काठमाडौं, भदौ ८ : काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले काठमाडौं महानगरमा गैरकानुनी संरचना बनाएर भाडामा लगाउनेहरू दोषी रहेको बताएका छन्।

आज (बुधबार) अनधिकृत संरचना हटाउन प्रहरी र डोजरसहित न्युरोड क्षेत्रमा पुगेका मेयर बालेनले पीडित व्यापारीसँग भने, ‘जसले गैरकानुनी संरचनामा भाडामा लगायो, क्षतिपूर्ति उसले दिनुपर्छ, किनकि दोष उसको हो।’ उनले व्यापारीहरुलाई मार पर्न नदिने आश्वासन पनि व्यक्त गरे। आफूहरुले व्यापार गर्दै आएका संरचना भत्काइएपछि पीडित व्यपारीहरूले बालेनसँग क्षतिपूर्तिको माग राखेका थिए। 

मेयर बालेनसँग न्यूरोडमा स्थानीयले सडकमा sfराखेको पानीपुरीसहितका पसल समेत हटाउन माग गरे। जवाफमा मेयर बालेनले त्यसबारे सूचना दिन आग्रह गरे । उनले भने, ‘नक्सा पासविना बनेका सबै संरचना हट्छन्।’

आफ्नो क्षेत्रमा बनेका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालि जोडतोडका साथ लागेको छ। महानगरले सोमबार पनि मेयर बालेनकै उपस्थितिमा पार्किङका लागि नक्सा पास गराइए पनि अन्य प्रयोजनमा प्रयोग भएका भन्दै केही संरचना भत्काएको थियो।

मेयर बालेनले सबैखाले अवैध संरचना हटाएरै छाड्ने बताए। उनले अवैध संरचना बनाउने सानाठूला कसैलाई पनि नछाड्ने र काठमाडौं जिल्ला अदालतमा अवैध रुपमा बनाइएका संरचना पनि हटाउने उनले बताए।

प्रकाशित मिति: १३:३१ बजे, बुधबार, भदौ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्