Kathmandu Press

१३ औं साग:  नेपाल पुरूष भलिबलको समूह चरणबाटै बाहिरियो 

काठमाडाैं, मंसिर १३ : दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत पुरुष भलिबलमा नेपाल समूह चरणबाटै बहिरिएको छ।

त्रिपुरेश्वरस्थित राख....

१३ औं साग:  नेपाल पुरूष भलिबलको समूह चरणबाटै बाहिरियो 

काठमाडाैं, मंसिर १३ : दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत पुरुष भलिबलमा नेपाल समूह चरणबाटै बहिरिएको छ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भड हलमा शुक्रबार भएको भारतविरुद्धको खेल नेपाललाई जित्नै पर्ने दबाब थियो। तर नेपाल भारतसँग सोझो सेटमा पराजित भयो। योसँगै नेपाल पुरुष भलिबल टिम पदकबिहीन बनेको छ। 

नेपालबिरुद्ध  पूर्णरूपमा हाबी भएको भारतले पहिलो सेट २५-१५ ले आफ्नो पक्षमा पार्‍यो। त्यस्तै, भारतले दोस्रो सेट २५-१३ र तेस्रो सेटमा २५-१६ ले आफ्नो पक्षमा पार्दै समूह विजेताका रूपमा सेमिफाइनल प्रवेश गर्‍यो। भारतको जितसँगै बङ्लादेश पनि सेमिफाइनलमा प्रवेश गरेको छ।

यसघि नेपाल पहिलो खेलमा बङ्लादेशसंग ३-२ को सेटमा पराजित भएको थियो। 

प्रकाशित मिति: १९:०७ बजे, शुक्रबार, मंसिर १३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्