Kathmandu Press

‘युनियन अध्यक्ष लम्सालमाथिकाे अनुसन्धानमा प्रहरीले स्थापित मान्यताको पालना गरेन’

‘युनियन अध्यक्ष लम्सालमाथिकाे अनुसन्धानमा प्रहरीले स्थापित मान्यताको पालना गरेन’

काठमाडौं, भदौ ७ : नेपाल पत्रकार महासंघले नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालमाथि प्रहरीले गरेको अभद्र व्यवहारका विषयमा ध्यानाकर्षण भएको जनाएको छ। 

महासंघका महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गर्दै साउन ३१ गते नयाँ बानेश्वरस्थित निवासमै पुगेर ट्राफिक प्रहरीले लम्साललाई दुव्र्यवहार गरेको प्रति ध्यानाकर्षण भएको भन्दै उक्त घटनाले लम्सालको व्यक्तिगत स्वतन्त्रतामा अवरोध पुगेको महासंघले ठहर गरेको हो। 

यस्तै महासंघले घटनासँग सम्बन्धित पक्षसँग छलफल तथा अध्ययन गर्दा प्रहरीले छानबिन तथा अनुसन्धान गर्ने क्रममा निश्चित विधि र पद्वति अपनाउनु पर्ने स्थापित मान्यताको पालना नगरेको निष्कर्ष समेत निकालेको छ। 

आगामी दिनमा यस्ता घटनाहरु नदोहो¥याउन समेत महासंघले सम्बन्धित पक्षसँग जोडदार माग गरेको छ।

प्रकाशित मिति: १३:१९ बजे, बुधबार, भदौ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्