Kathmandu Press

कांग्रेस नेता सिटौलालाई कोरोना सङ्क्रमण

काठमाडाैं, भदाै ८ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।स्वास्थ्यमा समस्या आएपछि बुधबार राति हेम्स अस्पताल धुम्बाराहीमा स्वास्थ्य परीक्षण...
कांग्रेस नेता सिटौलालाई कोरोना सङ्क्रमण

काठमाडाैं, भदाै ८ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्यमा समस्या आएपछि बुधबार राति हेम्स अस्पताल धुम्बाराहीमा स्वास्थ्य परीक्षण गर्दा उहाँलाई सङ्क्रमण पुष्टि भएको हो।

नेता सिटौलाका स्वकीय सचिव प्रेम भट्टराईका अनुसार उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र चिकित्सकको परामर्शअनुसार ‘होम आइसोलेसन’मा बस्नुभएको छ। 

कांग्रेसका पूर्वमहामन्त्री सिटौला आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको संयोजकसमेत हुन्। 

प्रकाशित मिति: १२:३१ बजे, बुधबार, भदौ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्