तिजको दर खाएका एकै गाउँका एक सय बढी बिरामी
गोरखा, भदौ ८ : तिजको दर खाएका गोरखाका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गाका महिला तथा...
गोरखा, भदौ ८ : तिजको दर खाएका गोरखाका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गाका महिला तथा पुरुष तिजको भोज खाएपछि बिरामी परेका हुन् ।
कृष्ण जन्माष्टमीका दिन स्थानीय महिला तथा पुरुष मिलेर तिजको दर खाएको सोही साँझदेखि नै भोज खाएका सबै बिरामी परेको वडाध्यक्ष विष्णु श्रेष्ठले बताए।
बिरामीमा शनिबार साँझदेखि नै पेट दुख्ने, वान्ता हुने, जरो आउने र पखाला लाग्ने समस्या देखिएको थियो। ‘बिरामी परेको थाहा पाएपछि स्वास्थ्यकर्मी लगेर उपचार सुरु गरिएको छ,’ उनले भने।
बिरामीको घरघरमा स्वास्थ्यकर्मीको टोली पठाएर आवश्यक औषधोपचार गरिएको र बिरामीहरु विस्तारै निको हुँदै गएको उनले बताए। उनकाअनुसार केहीलाई अझै घरमै स्लाइनपानी दिएर राखिएको छ ।
बिरामीमध्ये अधिकांशको गोरखा सदरमुकामका निजी क्लिनिकमा उपचार भइरहेको छ । केही आफैँ गोरखा अस्पताल पुगेर उपचार गराइरहेका छन् ।











