Kathmandu Press

सागको उद्घाटन सत्रको मार्चपासमा नेपालको झण्डा पारसले बोक्ने 

काठमाडाैं, मंसिर १३ : १३ ‍औं दक्षिण एसियाली खेलकूद (साग) को उद्घाटनमा मार्चपासमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई नेपालको झ....

सागको उद्घाटन सत्रको मार्चपासमा नेपालको झण्डा पारसले बोक्ने 
फाइल

काठमाडाैं, मंसिर १३ : १३ ‍औं दक्षिण एसियाली खेलकूद (साग) को उद्घाटनमा मार्चपासमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई नेपालको झण्डा बोक्न दिने गरी सिफारिस गरिएको छ। सागको प्राविधिक उपसमितिले पारसको नाम समारोह उपसमितिलाई सिफारिस गरेको हो।
 
केही महिनाअघि मात्र राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट राजीनामा दिएका पूर्वकप्तान खड्कालाई मार्चपासमा खेलाडीको नेतृत्व गर्दै नेपालको झण्डा बोक्न दिने गरी सिफारिश गरिएको राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले जानकारी दिए।  

साग काठमाडौँ, ललितपुर, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ गतेसम्म हुनेछ। सागको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रङ्गशालामा विशेष समारोहबीच गर्ने कार्यक्रम तय भएको छ। राखेपका अनुसार उद्घाटनसत्र करीब सवा तीन घण्टाको हुनेछ। मार्चपासपछि नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ। 

प्रतियोगितामा भाग लिन भारत, बङ्गलादेश, भूटान, पाकिस्तान, माल्दिभ्स र श्रीलङ्काका खेलाडी, प्रशिक्षक तथा अफिसियल आउनेक्रम शुरु भइसकेको जनाइएको छ।

प्रकाशित मिति: १७:४१ बजे, शुक्रबार, मंसिर १३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्