नागरिकता विधेयक राष्ट्रघाती छैन : प्रचण्ड
चितवन, भदाै ८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नागरिकता विधेयक राष्ट्रघाती नभएको बताएका छन्। बुधबार बिहान भरतपुर विमानस्थलमा अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षी...
चितवन, भदाै ८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नागरिकता विधेयक राष्ट्रघाती नभएको बताएका छन्। बुधबार बिहान भरतपुर विमानस्थलमा अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षी एमालेले प्रचार गरेजस्तो नागरिकता विधेयक राष्ट्रघाती नभएको बताएका हुन्।
नागरिकता विधेयकबारे एमालेले गलत ढंगले प्रचार गरेको पनि उनले बताए । नागरिकता विधेयक संसदमा ल्याउँदा राष्ट्रघाती भन्नु बेइमानी र अनैतिकताबाहेक अरु केही नभएको उनले बताए ।
‘विधेयकमा आमाबावु दुवै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने कुरा मात्रै हो । झण्डै ६–७ लाख नेपाली आमाबाब दुवै नेपाली हुँदाहुँदै पनि नागरिकताबाट बञ्चित छन्,’ प्रचण्डले भने, ‘आमाबाबु दुवै नेपाली छन्, तिनका छोराछोरीले नागरिकता नपाएर अवसरबाट बञ्चित छन् । त्यो स्थिति अन्त्य गर्ने यो विधयेक हो ।’
प्रकाशित मिति: ११:१७ बजे, बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











