Kathmandu Press

शैलुङ कन्स्ट्रक्सनमाथि ३ वर्षको प्रतिबन्ध, अन्य ९ कम्पनी पनि कालोसूचीमा

काठमाडौं, भदौ ८ : सरकारले चर्चित निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई तीन वर्ष प्रतिबन्ध लगाएको छ। सम्झौताविपरीत ठेक्का अलपत्र पारेको भन्दै सार्वजनिक खरिद अनुगमन...
शैलुङ कन्स्ट्रक्सनमाथि ३ वर्षको प्रतिबन्ध, अन्य ९ कम्पनी पनि कालोसूचीमा

काठमाडौं, भदौ ८ : सरकारले चर्चित निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई तीन वर्ष प्रतिबन्ध लगाएको छ। सम्झौताविपरीत ठेक्का अलपत्र पारेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले शारदाप्रसाद अधिकारीको शैलुङलाई तीन वर्ष ठेक्कापट्टा गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो।

अधिकारीमाथि काठमाडौं उपत्यकामा ठेक्का ओगटेर पेस्की रकम दुरुपयोग गरेको, सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको, नियतवश निर्माण लागत बढाएकोलगायत आरोप छ ।

सडक सुधार तथा विकास आयोजना निर्देशनलायको सिफारिसमा कालो सूचीमा शैलुङलाई राखिएको हो । शैलुङले लिएका ठेक्का समस्याग्रस्त भएकाले उसलाई फास्ट ट्य्राकमा कालोसूचीमा राखिएको बताइएको छ। अहिले शैलुङ शारदाका छोरा अनुप अधिकारीको नाममा छ।

यसैगरी सार्वजनिक खरिद अनुगमन कार्यालयले शैलुङसहित १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । कालोसूचीमा पर्नेमा चाइनिज इन्जिनियरिङ कम्पनी चाङक्विङ वाङविन इलेक्ट्रिक कर्पाेरेशन प्रालि र भारतीय आरभाली इन्फ्रापावर लिमिटेड पनि छन्। यी दुवैलाई तीन वर्ष प्रतिबन्ध लगाइएको छ।

यस्तै, महालक्ष्मी वायर एन्ड केवल इन्डस्ट्रिज प्रालिलाई दुई वर्ष कालो सूचीमा राखिएको छ। काठमाडौंको जोनसन कन्ट्रक्सन, कास्कीको जस्ट इन टाइम, सुनसरीका बलिया कन्ट्रक्सन र सर्जिमेड डिस्टिव्युटर्स, मोरङको एस्पियल ग्रुप अफ इन्जिनियर्स र पाँचथरको तुम्येहाङ निर्माण सेवालाई कार्यलयले एक वर्षका लागि कालोसूचीमा राखेको छ।

प्रकाशित मिति: १०:५४ बजे, बुधबार, भदौ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्