Kathmandu Press

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे ओली

एमाले अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न बुधबार बिहान ९ः३० बजे बालुवाटार पुगेका थिए, भेटवार्ता जारी छ।
प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे ओली

काठमाडौं, भदौ ८ : प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ।

एमाले अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न बुधबार बिहान ९ः३० बजे बालुवाटार पुगेका थिए। उनीहरुबीच भेटवार्ता जारी छ।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। साथै नागरिकता विधेयक र संक्रमणकालीन न्यायका विषयबारे छलफल हुने बताइएको छ।

प्रधानमन्त्री देउवाकै निमन्त्रणमा ओली बालुवाटार पुगेको बताइएको छ।

प्रकाशित मिति: १०:३५ बजे, बुधबार, भदौ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्