Kathmandu Press

समानुपातिकतर्फ निवेदन आह्वान, भदौ १२ सम्म दर्ता गर्नुपर्ने

काठमाडौं, भदौ ८ : आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ दल दर्ताका लागि आह्वान गरेको छ।आयोगले बुधबार सूचना...
समानुपातिकतर्फ निवेदन आह्वान, भदौ १२ सम्म दर्ता गर्नुपर्ने

काठमाडौं, भदौ ८ : आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ दल दर्ताका लागि आह्वान गरेको छ।

आयोगले बुधबार सूचना प्रकाशित गरी समानुपातिकतर्फ भाग लिन चाहने दलले निवेदन दिन आह्वान गरेको हो। आयोगले भदौ १० देखि १२ गतेसम्म निवेदन दिनसक्ने जनाएको छ।

समानुपातिकका लागि आयोगको केन्द्रीय कार्यालय काठमाडौंमा निवेदन दिनुपर्नेछ। यसअघि आयोगले चुनावी प्रयोजनाका लागि दल दर्ता गराएको थियो।

आगामी निर्वाचनमा भाग लिन ८४ दल दर्ता भएका छन्। जसमध्ये १२ दलले संयुक्त चुनाव चिह्नमा चुनाव लड्ने निवेदन दिएका छन्।

एकल चुनाव चिह्न दर्ता गराएका दलले समानुपातिकका लागि निवेदन दिनु पाउनेछन्। प्रतिनिधिसभा र प्रदेश सभाका लागि छुट्टाछुट्दै निवेदन दिनुपर्ने आयोगले जनाएको छ।

 

प्रकाशित मिति: ०८:४१ बजे, बुधबार, भदौ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्