Kathmandu Press

सीट बाँडफाँडको टुंगो लगाउने गृहकार्यमा गठबन्धन

काठमाडौं, भदौ ८ : सत्तारुढ पाँच दलीय गठबन्धनले एक-दुई दिनभित्रै आगामी चुनावका लागि सीट बाँडफाँडको टुंगो लगाउने गृहकार्यमा जुटेको छ।यसका लागि आज पनि...
सीट बाँडफाँडको टुंगो लगाउने गृहकार्यमा गठबन्धन

काठमाडौं, भदौ ८ : सत्तारुढ पाँच दलीय गठबन्धनले एक-दुई दिनभित्रै आगामी चुनावका लागि सीट बाँडफाँडको टुंगो लगाउने गृहकार्यमा जुटेको छ।

यसका लागि आज पनि गठबन्धनको बैठक बोलाइएको छ। आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

मंगलबार पनि गठबन्धनको बैठक बसेको थियो। मंगलबारको बैठकमा पनि सीट बाँडफाँडकै विषयमा छलफल भएको थियो। दलहरुले आआफूले पाउनुपर्ने सीटका विषयमा बोलेका थिए।

तीन घण्टा बसेको बैठकमा सहमति जुट्न सकेन। त्यसपछि नेताहरुले एक्लाएक्लै पनि छलफल गर्ने तय गरेका थिए।

आजको बैठकमा सहमति जुटाउने प्रयास हुने मन्त्री कार्कीले बताए। गठबन्धनले सकभर आज र नभए भोलिसम्म सहमति जुटाउने तयारी गरेको छ।

'एक दुई दिनभित्रै सहमति जुट्छ,' मन्त्री कार्कीले भने, 'निर्वाचन कार्यक्रम सार्वजनिक भइसकेको छ। त्यसैले पनि ढिला नगरी भदौ ९ गतेभित्र सहमति जुटाउँछौं।'

गठबन्धनले सीट बाँडफाँडको टुंगो लगाउन कार्यदल बनाएको थियो। तर, कार्यदलमा सहमति जुट्न नसकेपछि शीर्ष नेता नै छलफलमा जुटेका हुन्।

प्रकाशित मिति: ०७:४९ बजे, बुधबार, भदौ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्