Kathmandu Press

पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, भदौ ८ : मनसुनी वायुको प्रभावले आज पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको...
पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, भदौ ८ : मनसुनी वायुको प्रभावले आज पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा र पूर्वतर्फ सरदर स्थानभन्दा उत्तर दिशामा अवस्थित छ।

जसले गर्दा हाल देशभर आंशिकदेखि सामान्य बदली रहि कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राति पनि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०६:४३ बजे, बुधबार, भदौ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्