सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष, अर्को बैठक बुधबार बस्ने
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले बुधबार पुनः बस्नेगरी टुंगिएको हो ।
काठमाडौं, भदौं ७ : आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन बसेको सत्ता गठबन्धनको बैठक मंगलबार पनि बिनानिष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले बुधबार पुनः बस्नेगरी टुंगिएको हो । बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैं सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धनको बैठक सकारात्मक रुपमा अगाडी वढेको र जतिसक्दो छिटो निश्कर्षमा पुग्ने बताए ।
कार्कीका अनुसार गठबन्धनको अर्को बैठक बुधबार (भोली) ५ बजे पुन बस्नेछ । बैठकमा शारीरिक अस्वस्थताको कारणले कार्यदल संयोजक कृष्ण सिटौला भने अनुपस्थित रहेको उनले जानकारी दिए ।
प्रकाशित मिति: १८:५७ बजे, मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











