Kathmandu Press

एमालेले अघि सारेको नागरिकतासम्बन्धी कानुनका बाधक प्रचण्ड : ओली

काठमाडाैं, भदाै ७ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेभित्र रहेका पुराना समस्यामा नफस्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।मंगलबार पार्टी कार्यालय...
एमालेले अघि सारेको नागरिकतासम्बन्धी कानुनका बाधक प्रचण्ड : ओली

काठमाडाैं, भदाै ७ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेभित्र रहेका पुराना समस्यामा नफस्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।

मंगलबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले एमालेभित्र पनि आत्मकेन्द्रित हुने पुरानो प्रवृत्ति रहेको भन्दै यसमा नफस्न आग्रह गरेका हुन्।

निर्वाचनका लागि नेतृत्वमा बसेकाहरुले सबै ठाउ पुगेर सबैलाई समेट्नुपर्ने उनले बताए। उनले उम्मेदवारी नपाएर असन्तुष्टि हुने कामले निकै घाटा हुने गरेको भन्दै एकजुट भए सहज रुपमा जित्न सकिने जिकिर गरे।

त्यस्तै अध्यक्ष ओलीले यसअघि आफुले अघि सारेको नागरिकतासम्बन्धी कानुनलाई प्रचण्डले रोकेर अहिले भने छलफल नै नगरी अघि बढाएको बताए।

उनले सरकारले ल्याएको नागरिकतासम्बन्धी कानुनमा रहेका कतिपय विषयहरुप्रति आपत्ति जनाए। नागरिकताको समस्या सही ढंगले समाधान गर्ने पार्टी एमालेबाहेक अरु कोही नरहेको उनको भनाइ छ।

अध्यक्ष ओलीले यसअघिको एमाले सरकारले निकै राम्रा काम गरेको र वर्तमान सरकारले निरन्तरता दिन नसकेको धारणा राखे। 

प्रकाशित मिति: १८:०२ बजे, मंगलबार, भदौ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्