Kathmandu Press

वाइसिएल नेतृत्वलाई पद तथा गोपनीयताको शपथ

काठमाडाैं, भदाै ७ : माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालको दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित नयाँ नेतृत्वले आज पद तथा गोपनीयताको शपथ लिएको छ।आज...
वाइसिएल नेतृत्वलाई पद तथा गोपनीयताको शपथ

काठमाडाैं, भदाै ७ : माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालको दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित नयाँ नेतृत्वले आज पद तथा गोपनीयताको शपथ लिएको छ।

आज यहाँ आयोजित एक समारोहमा वाइसिएलका इञ्चार्ज रामप्रसाद सापकोटाले नवनिर्वाचित अध्यक्षसहित केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराए।

यही भदौ ३ गते शुक्रबारदेखि सुरु भएको वाइसिएलको दोस्रो भेला यही भदौ ५ गते आइतबार अबेर सम्पन्न भएको थियो । भेलाले वाइसिएलको अध्यक्षमा सुबोधराज शेर्पालीलाई निर्वाचित गरेको थियो।

भेलाले ६१ सदस्यीय पदाधिकारी र तीन सय ५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको इञ्चार्ज सापकोटाले जानकारी दिए। नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्रबहादुर गुरुङ, उपाध्यक्षमा गोगन मल्ल, मञ्जु बम, मिङ्माडन्डु शेर्पा, केहरसिंह कुँवर, ज्ञानेन्द्रबहादुर ढुङ्गाना, उमेश घोरासैनी हुन्।

यस्तै, महासचिवमा गणेश शाही, उपमहासचिवहरुमा पुष्प ओली, मीनबहादुर घर्ती, एबिराज राई, दिलबहादुर थापा, रतनबहादुर शाही र रेशम महरा छन्। त्यस्तै, सचिवमा हरि ढकाल, नवीन खड्कासहित ४५ जना रहेका छन् भने कोषाध्यक्षमा सन्तोष पनेरु निर्वाचित भएका छन्।

आगामी मङ्सिर ४ गतेका लागि तय भएको सङ्घीय तथा प्रदेशसभाको निर्वाचनलाई भव्यरुपमा सम्पन्न गराउन तत्कालै जनपरिचालन तथा युवा परिचालनको कार्यक्रम सुरु गरिने वाइसिएलले जनाएको छ।

सङ्गठन विस्तार, हरेक वडा वडामा  वाइसिएल तथा राजनीतिका अलावा सामाजिक सुधार र जागरणको क्षेत्रमा समेत काम गर्ने गरी भेलाले विशेष प्रस्ताव पारित गरेको उपमहासचिव पुष्प ओलीले जानकारी दिए।

प्रकाशित मिति: १७:३९ बजे, मंगलबार, भदौ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्