Kathmandu Press

एमालेले एकल बहुमतको सरकार बनाउने घोषणासहित चुनावी अभियान सञ्चालन गर्ने

एमालेको चुनावी अभियानको रणनीति, गठबन्धन सरकारले गरेको गलत काम, राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितिलाई अध्यक्ष केपी ओलीले भदौ १० गतेको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए।
एमालेले एकल बहुमतको सरकार बनाउने घोषणासहित चुनावी अभियान सञ्चालन गर्ने

काठमाडाैं, भदाै ७ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले आसन्न निर्वाचनका लागि उम्मेदवार छनाेटको मापदण्ड प्रस्ताव गरेको छ।

पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवार छनाेटको मापदण्ड प्रस्ताव गरेको र प्रस्तावमाथि सबैको सुझाव लिएर केन्द्रीय कमिटी बैठकमा पेस गर्ने एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

त्यस्तै एमालेले एकल बहुमतको सरकार बनाउने घोषणासहित पार्टीले चुनावी अभियान सञ्चालन गर्ने जनाएको छ।

एमालेको चुनावी अभियानको रणनीति, गठबन्धन सरकारले गरेको गलत काम, राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितिलाई अध्यक्ष केपी ओलीले भदौ १० गतेको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने गुरुङले बताए।

बैठकमा राजनीतिक प्रतिवेदनका बारेमा अध्यक्ष ओलीले सुझाव लिएका थिए। उनले गठबन्धन गर्नै हुँदैन भनेर ढोका बन्द गरेर एमाले नबसेको भन्दै एमालेसँग गठबन्धन गर्न चाहनेलाई ढोका खुलै रहेको जिकिर गरे। बैठकले यसअघि सचिवालय बैठकहरुले गरेका निर्णयलाई अनुमोदन गरेको उनले बताए।

त्यस्तै बैठकमा स्थानीय तह विकास विभागको निर्देशिका र नीति अनुसन्धान प्रतिष्ठानको कार्यविधि अनुमोदनबारे जानकारी गराइएको छ भने पार्टीको वार्षिक बजेट पारित गरिएको पनि गुरुङले बताए।

बैठकले विभिन्न दल परित्याग गरि एमाले प्रवेश गरेका केहि नेताहरुलाई एमालेको केन्द्रीय कमिटीमा मनोनीत गरिएको उनले जानकारी दिए। एमालेको पोलिट्व्युरो बैठक भदाै ९ गते र केन्द्रीय कमिटी बैठक १० र ११ गते बस्ने एमालेले जनाएको छ। 

प्रकाशित मिति: १७:१९ बजे, मंगलबार, भदौ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्