Kathmandu Press

उपत्यकामा २५१ जनामा कोरोना पुष्टि

काठमाडौं, भदौ ७ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा १ सय ९९, ललितपुरमा ३९...
उपत्यकामा २५१ जनामा कोरोना पुष्टि

काठमाडौं, भदौ ७ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा १ सय ९९, ललितपुरमा ३९ र भक्तपुरमा १३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ६ सय २८ पुगेको छ। तीमध्ये काठमाडौंमा १ हजार ८ सय ७९, ललितपुरमा ६ सय ८८ र भक्तपुरमा ६१ जना रहेको मन्त्रालयले जनाएको छ।

मंगलबार देशभर ६ सय ३४ जना जनामा कोरोना संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ४ हजार २ सय २१ पुगेको छ।

प्रकाशित मिति: १६:१९ बजे, मंगलबार, भदौ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्