थपिए ६३४ कोरोना संक्रमित, एकजनाको मृत्यु
हाल नेपालमा ४ हजार २ सय २१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
काठमाडौं, भदौ ७ : पछिल्लो २४ घन्टामा नेपालमा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको २ हजार ७ सय ५७ पिसिआर परीक्षणका क्रममा ३ सय ४३ जना र २ हजार १ सय ९२ एन्टीजेन परिक्षणका क्रममा २ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप ४ सय १७ जना निको भएका छन्। हाल नेपालमा ४ हजार २ सय २१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:१४ बजे, मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











