एभरेस्ट इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिप असोज पहिलो साता हुने
काठमाडाैं, भदाै ७ : तेस्रो संस्करणको माउन्ट एभरेष्ट इन्टरनेश्नल ओपन तेक्वान्दो च्याम्पियनसिप असोजको पहिलो साता आयोजना हुने भएको छ।नेपाल तेक्वान्दो संघले मंगलबार काठमाडौंमा...
काठमाडाैं, भदाै ७ : तेस्रो संस्करणको माउन्ट एभरेष्ट इन्टरनेश्नल ओपन तेक्वान्दो च्याम्पियनसिप असोजको पहिलो साता आयोजना हुने भएको छ।
नेपाल तेक्वान्दो संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनीक गरेको हो। गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिता असोज ६ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने बताईएको छ।
संघका अध्यक्ष प्रकाश शम्शेर राणाले तेस्रो संस्करणको प्रतियोगितामा यस वर्षदेखि माउन्ट एभरेष्ट जीसीएस इन्टरनेशनल ओपन तेक्वान्दो पुम्से च्याम्पियनसिप समेत समावेश गरिएको बताए।
संघका अनुसार यस प्रतियोगितालाई विश्व तेक्वान्दो महासंघले स्विकृति प्रदान गरेको छ। प्रतियोगितामा विश्वभरका खेलाडी, निर्णायक, प्राविधिक तथा प्रशिक्षक, सहभागी खेलाडीका परिवारका सदस्य, विश्व तेक्वान्दो महासंघका अध्यक्ष सहित पदाधिकारीहरु गरेर दुई हजार जनाको उपस्थिती रहने संघका सचिव जगन बहादुर गुरुङले जानकारी दिए।
प्रतियोगितामा आयोजक, स्वयंसेवक र प्राविधिक रुपमा करिब ३ सय जना सहभागी हुने संघले जनाएको छ। प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड ५५ लाख खर्च हुने अनुमान गरिएको छ।











