Kathmandu Press

गठबन्धन दलबीच सहमतिमै तनहुँ-१ मा मेराे उम्मेदवारी : नेता श्रेष्ठ

दमौली, भदाै ७ : नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सांसद कृष्णकुमार श्रेष्ठले गठबन्धन दलबीचको सहमतिमै तनहुँ क्षेत्र नं. १ मा उम्मेदवार तय...
गठबन्धन दलबीच सहमतिमै तनहुँ-१ मा मेराे उम्मेदवारी : नेता श्रेष्ठ

दमौली, भदाै ७ : नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सांसद कृष्णकुमार श्रेष्ठले गठबन्धन दलबीचको सहमतिमै तनहुँ क्षेत्र नं. १ मा उम्मेदवार तय हुने बताएका छन्। 

मंगलबार दमाैलीमा आयोजित पत्रकार भेटघाटमा सांसद श्रेष्ठले तनहुँ क्षेत्र नं. १ मा उम्मेदवारीका विषय धेरै चर्चा भएकाले सहमतिमै गठबन्धनबाट उम्मेदवार तय गरिने बताए।

उनले भने, 'राजनीतिक दलबीच पहिला भएको सहमति अनुसार जजसले जहाँबाट जितेको छ त्यहीँबाट उम्मेदवारी दिने भनिएकाले तनहुँ-१ मा मेरो दाबी स्वभाविक हो।'

आफू पार्टीको इमानदार सिपाही भएकाले पार्टीले भनेको मान्नुपर्ने बताउँदै उनले भने, 'पार्टीले कञ्चनपुर, बारा, झापा गएर निर्वाचन लड्न भने पनि तयार नै छु।'

उनले गठबन्धनलाई थप बलियो बनाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको औंल्याए। उनले भने, 'धेरै त्याग तपस्या गरेर गठबन्धन बनायौं, यसलाई निरन्तर अगाडि लैजानुछ।'

प्रकाशित मिति: १५:३३ बजे, मंगलबार, भदौ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्