Kathmandu Press

फोहोर व्यवस्थापनमा समन्वय गर्न सहजीकरण तथा अनुगमन समिति बनाइने

काठमाडौं, भदौ ७ : काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनमा समन्वय गर्न सहजीकरण तथा अनुगमन समिति बनाइने भएको छ।सहरी विकासमन्त्री मेटमणि चौधरीको समन्वयमा सोमबार बसेको...
फोहोर व्यवस्थापनमा समन्वय गर्न सहजीकरण तथा अनुगमन समिति बनाइने

काठमाडौं, भदौ ७ : काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनमा समन्वय गर्न सहजीकरण तथा अनुगमन समिति बनाइने भएको छ।

सहरी विकासमन्त्री मेटमणि चौधरीको समन्वयमा सोमबार बसेको बैठकले काठमाडौं, नुवाकोट र धादिका प्रतिनिधिसभा सदस्यहरू समेटिने गरी सहजीकरण तथा अनुगमन समिति गठनको निर्णय गरेको हो। कांग्रेस महामन्त्री एवं काठमाडौं–४ का सांसद गगन थापाले यसबारे फेसबुकमार्फत जानकारी दिएका हुन्।

‘केही दिनदेखि काठमाडौंको फोहोर उठ्न थालेको छ। अब पुनः समस्या नबल्झियोस् भन्नका लागि निरन्तर सहजीकरण र अनुगमन आवश्यक छ। फोहोर व्यवस्थापनका सन्दर्भमा महानगरपालिकाले गर्नुपर्ने काम निरन्तर गरिरहेको छ,’ उनले लेखेका छन्।

उनले अगाडि लेखेका छन्, ‘यसबाहेक संघीय सरकारले गर्नुपर्ने काम तोकिएकै समयमा हुन सकोस् र दीर्घकालीन हल खोज्न सकियोस् भन्नका लागि हिजो सहरी विकास मन्त्रीज्यूको समन्वयमा बैठक बस्यौं। बैठकले काठमाडौं, नुवाकोट र धादिङका प्रतिनिधिसभा सदस्यहरू सम्मिलित सहजीकरण तथा अनुगमन  समिति बनाउने निर्णय गरेको छ।’ 

समितिले सम्झौताबमोजिमका कामहरू समयमा गर्न तिनै तहका सरकार र निकायहरूसँग समन्वय र सहजीकरण गर्ने महामन्त्री थापाले बताएक छन्।

प्रकाशित मिति: १५:१७ बजे, मंगलबार, भदौ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्