Kathmandu Press

‘फोहोर व्यवस्थापनका सन्दर्भमा काठमाडौं महानगरले गर्नुपर्ने काम गरिरहेको छ’

काठमाडौं, भदौ ७ : कांग्रेस महामन्त्री गगन थापाले फोहोर व्यवस्थापनका सन्दर्भमा काठमाडौं महानगरपालिकाले गर्नुपर्ने काम गरिरहेको बताएका छन्।सोमबार सहरी विकास मन्त्रालयमा बसेको बैठकको...
‘फोहोर व्यवस्थापनका सन्दर्भमा काठमाडौं महानगरले गर्नुपर्ने काम गरिरहेको छ’

काठमाडौं, भदौ ७ : कांग्रेस महामन्त्री गगन थापाले फोहोर व्यवस्थापनका सन्दर्भमा काठमाडौं महानगरपालिकाले गर्नुपर्ने काम गरिरहेको बताएका छन्।

सोमबार सहरी विकास मन्त्रालयमा बसेको बैठकको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले कतिपय काम संघीय सरकारले नै गर्नुपर्ने कुरा पनि रहेको बताएक छन्।

काठमाडौं क्षेत्र नं. ४ का सांसदसमेत रहेका उनले ट्विटरमा लेखेका छन्, ‘कतिपय काम संघीय सरकारले नै गर्नुपर्ने कुरा पनि उनले स्मरण गराएका छन्। फोहोर व्यवस्थापनका सन्दर्भमा महानगरले गर्नुपर्ने काम गरिरहेको छ। यसबाहेक कतिपय संघीय सरकारले नै गर्नुपर्ने काम छन्। हिजो सहरी विकास मन्त्रालयमा बसेको बैठकले ती काम तोकिएकै समयमा गर्न आवश्यक सहजीकरण र अनुगमनका लागि काठमाडौं, नुवाकोट र धादिङका सांसद सम्मिलित समिति बनाउने निर्णय गरेको छ।’

यसअघि गत बुधबार थापाले बन्चरेडाँडाका बासिन्दाहरूलाई फोहोर विसर्जनको क्रममा अवरोध सिर्जना नगर्न आग्रह गरेका थिए। ‘काठमाडौं फोहोरले अस्तव्यस्त भएको छ।अझ केही दिन यस्तैरहे महामारी फैलन सक्ने सम्भावना छ,’ उनले गरेको ट्विटमा उल्लेख थियो, ‘अतः सिसडोल र बन्चरेडांडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनुभएकाहरूलाई काठमाडौंको सांसद र एउटा नागरिकका रूपमा विनीत भएर अपिल गर्न चाहन्छु, कृपया अवरोध नगरिदिनुहोस्,आउनुहोस् सँगै बसौं, समाधान निकालौं।’ 

प्रकाशित मिति: १५:०६ बजे, मंगलबार, भदौ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्