दुई मन्त्रालयमा अधिकृतस्तरका ५८४ कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत, मन्त्रिपरिषदका अन्य निर्णय केके छन्?
काठमाडौं, भदौ ७ : सरकारले दुई मन्त्रालयमा ५८४ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ।भदौ ६ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयबारे आज (मंगलबार)...
काठमाडौं, भदौ ७ : सरकारले दुई मन्त्रालयमा ५८४ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ।
भदौ ६ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयबारे आज (मंगलबार) जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका सञ्चार ततथा सूचना प्रविधिमन्त्री त्रानेन्द्रबहादुर कार्कीले सहरी विकास मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा गरी ५८४ वटा अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको जानकारी दिएका हुन्।
उनका अनुसार मन्त्रिपरिषद बैठकले सहरी विकासमा ३८० वटा र कृषि तथा पशुपक्षी विकासमा २०४ वटा गरी ५८४ जना अधिकृतस्तरका कर्मचारी अस्थायी दरबन्दी स्वीकृत गरेको हो।
बालाजु-त्रिशुली सडक खण्डको मुड्खु तीनपिप्ले ५ दशमलव ५ किलोमिटर सडक निर्माण कार्य तत्काल अगाडी बढाउन बिशेष परिस्थीतिमा बोलपत्र आह्वान गरि खरिद प्रक्रियामा लैजान सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताए।
बैठकले फौजदारी कसुर दोश्रो शंसोधन नियमावली स्वीकृत गर्ने, बिधुतीय सुशासन आयोग आदेश स्वीकृति गर्ने र विदेशस्थीत नेपाली नियोगको आर्थिक कार्यबिधि स्वीकृत गर्ने निर्णय भएको उनले बताए।
त्यस्तै बैठकले सहसचिव नारायणप्रसाद शर्मा दुवाडीलाई राजपत्राङ्कित विशिष्ठ श्रेणीमा बढुवा गरि पदस्थापन गर्ने निर्णय गरेको छ ।
बैठकले विमानस्थलमा ट्रान्जिट हुनेबाहेक विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान प्रस्थान अनुमति नदिने निर्णय खारेज गर्ने, पूर्व मुख्य सचिव लीलामणि पौड्यालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने, आव २०७९/८० का लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत २०४ जना राजपत्रांकित पदहरूको अस्थायी दरवन्दी स्वीकृत गर्नेलगायत १६ निर्णय गरेकाे छ।













