विचार र राजनीतिक कार्यदिशा मिलेकाले
काठमााडौं, भदौ ७ : माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्र र एकीकृत समाजवादीसँग विचार र राजनीतिक कार्यदिशामा पनि एकरुपता रहेकाे बताएका छन्।मंगलबार संसद भवन...
काठमााडौं, भदौ ७ : माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्र र एकीकृत समाजवादीसँग विचार र राजनीतिक कार्यदिशामा पनि एकरुपता रहेकाे बताएका छन्।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले त्यस्ताे बताएका हुन्।
फेरि पनि वामशक्तिहरु एक ठाउँमा आउनुपर्ने भएकाले माओवादी केन्द्र एकीकृत समाजवादीसँग एउटै घोषणापत्रमा चुनाव लड्ने तयारीमा रहेको बताए।
अहिले चुनावी तालमेल गर्ने दलहरुबीच भने साझा कार्यक्रम र समान धारणा बनाएर जनतामाझ जाने बताए।
उनले साझा कार्यक्रममा गठबन्धनले जनताका लागि गर्ने कामहरुको प्रतिबद्धता हुने जानकारी दिए।
प्रकाशित मिति: १३:३७ बजे, मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











