द्वन्द्वकालीन मुद्दा राज्यकाे विषय भएकाले छिट्टै टुंगोमा पुर्याउनुपर्छ : रेखा शर्मा
काठमाडाैं, भदाै ७ : माओवादी केन्द्रकी सचेतक रेखा शर्माले द्वन्द्वकालीन विषय राज्यको विषय भएकाले छिट्टै यसलाई टुंगोमा पुर्याउनुपर्ने धारणा राखिन्।मंगलबार संसद भवन नयाँ...
काठमाडाैं, भदाै ७ : माओवादी केन्द्रकी सचेतक रेखा शर्माले द्वन्द्वकालीन विषय राज्यको विषय भएकाले छिट्टै यसलाई टुंगोमा पुर्याउनुपर्ने धारणा राखिन्।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै त्यस्तो धारणा राखेकी हुन्।
द्वन्द्वकालीन मुद्दा समयमै नटुंगिँदा शान्तिप्रक्रिया नै टुंगोमा पुग्न सकेन भन्ने सन्देशलाई अब अन्त्य गर्नुपर्ने बेला आएको उनको भनाइ छ।
उनले विधेयक सकारात्मक रहेकाले असहमत हुनुपर्ने कुनै कारण नरहेको जिकिर गरिन्।
यसअघि मंगलबार नै बसेको प्रतिनिधिसभा बैठकमा सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेश्रो संशोधन) विधेयक २०७९ प्रस्तुत गरेको छ।
प्रकाशित मिति: १३:२३ बजे, मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











