Kathmandu Press

शान्तिप्रक्रियाका विषयमा कसैले आपत्ति जनाउनुपर्दैन : डिला संग्रौला

काठमाडाैं, भदाै ७ : कांग्रेस सांसद डिला संग्रौलाले शान्तिप्रक्रियाका विषयमा कसैले आपत्ति जनाउनुनपर्ने बताएकी छन्।मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले त्यस्तो...
शान्तिप्रक्रियाका विषयमा कसैले आपत्ति जनाउनुपर्दैन : डिला संग्रौला

काठमाडाैं, भदाै ७ : कांग्रेस सांसद डिला संग्रौलाले शान्तिप्रक्रियाका विषयमा कसैले आपत्ति जनाउनुनपर्ने बताएकी छन्।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले त्यस्तो बताएकी हुन्।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकबारे दलहरुले आफ्नो संशोधन राख्न सक्ने उनको भनाइ छ। 

द्वन्द्वपीडितहरु धर्ना बसेको, मानवअधिकार आयोगले पनि छिटो टुंग्याउन भनिरहेको अवस्थामा यसलाई छिटो पारित गर्नुपर्नेमा उनले जोड दिइन्।

यसअघि मंगलबार नै बसेको प्रतिनिधिसभा बैठकमा सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ प्रस्तुत गरेको छ। 

प्रकाशित मिति: १३:१९ बजे, मंगलबार, भदौ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्