Kathmandu Press

एमाले स्थायी कमिटी बैठक सुरु

काठमाडाैं, भदाै ७ : एमाले स्थायी कमिटीको बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको छ।आगामी मङ्सिर ४ गते हुने संघीय र प्रदेश तहको निर्वाचनको...
एमाले स्थायी कमिटी बैठक सुरु

काठमाडाैं, भदाै ७ : एमाले स्थायी कमिटीको बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको छ।

आगामी मङ्सिर ४ गते हुने संघीय र प्रदेश तहको निर्वाचनको ठोस् योजना बनाउन पार्टीले आज (मंगलबार) देखि भदौ १२ गतेसम्म  स्थायी, पोलिटब्युरो, केन्द्रीय कमिटी र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरेको पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।

आज स्थायी कमिटी, भदौ ९ गते पोलिटब्युरो, भदौ १० र ११ गते केन्द्रीय कमिटी तथा भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक हुने उनले बताए।  

एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाइएको छ। कार्यालय सचिव डा. अधिकारीका अनुसार बैठक आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेश तहको निर्वाचनमा केन्द्रित रहनुका साथै समग्र पार्टी तथा मुलुकको राजनीतिक अवस्थाबारे छलफल हुनेछ। यस्तै आगामी पोलिटब्यूरो र केन्द्रीय कमिटिको एजेण्डा पनि बैठकले तय गर्नेछ।

पार्टी अध्यक्ष ओलीको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवद्धय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको निर्वाचन घोषणपत्र मस्यौदा कमिटी गठन गरिएको थियो।

प्रकाशित मिति: १२:२३ बजे, मंगलबार, भदौ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्