Kathmandu Press

प्रभु बैंक कर्मचारी आन्दोलनमा

प्रभु बैंक कर्मचारी आन्दोलनमा

काठमाडौं, भदौ ७ : प्रभु बैंकका कर्मचारीहरु आन्दोलित भएका छन्। आफुहरूमाथि भएको विभेदको अन्त्यको माग गर्दै कर्मचारीहरूले प्रभु बैंकको केन्द्रीय कार्यालय अगाडी मंगलबार धर्ना दिएका छन् ।

प्रभु बैंक वित्तिय संस्था कर्मचारी युनियनले आफुहरूमाथिको विभेद अन्त्य गर्नुपर्ने, विभेदकारी पदोन्नती सूचीमा छुटेका सम्पूर्ण कमएचारीहरुको तुरुन्त पदोन्नती गर्नुपर्ने लगाएतका माग राख्दै धर्ना दिएका हुन् ।

उनीहरुले संस्थागन शुसाशन कायम गर्नुपर्ने र संस्थागत संस्कृतिको बिकास गनुपर्ने माग राखेका छन् । आफ्ना माग तुरुन्त सम्बोधन नगरे अर्को चरणको आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

प्रकाशित मिति: १२:१६ बजे, मंगलबार, भदौ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्