Kathmandu Press

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पेश, संसद एक साताका लागि स्थागित

प्रमुख प्रतिपक्षी दल एमालेको आग्रहमा प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थागित गरिएको छ। बैठक भदौ १२ गते बिहान ११ बजे बस्ने छ।
संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पेश, संसद एक साताका लागि स्थागित

काठमाडाैं, भदाै ७ : संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदमा टेबुल भएको छ। मंगलबार बिहान बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले ‘विधेयकबेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ संसदमा पेश गरेका हुन्।

विधेय गत असार ३१मा संसदमा दर्ता भएको थियो । विरोधको सूचना अस्वीकृत भएपछि कानुन विधेयक संसद्मा पेश भएको हो।

विरोधको पेश गर्दै कानुन मन्त्री शर्माले सातै प्रदेशमा परामर्श गरिएको, रोकारवालापक्षहरुसँग प्रयाप्त छलफल गरेर विधेयक ल्याइएको बताए। उनले सामान्य समयमा, युद्ध नभएको बेलामा, सामान्य अपराधको समय र मुलुकमा भएको युद्धका समयमा भएका मानव अधिकार उल्लंघनको घटनालाई एकै रुपमा लिन बताए।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थागित गरिएको छ। प्रतिनिधिसभाको अर्को बैठक भदौ १२ गते बिहान ११ बजे बस्ने छ।

भदौ १२ गतेसम्म पार्टीका विभिन्न बैठक रहेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक एक सातासम्म स्थागित गर्न सभामुख अग्नि सापकोटालाई आग्रह गरेको थियो । आज एमालेको स्थायी कमिटी बैठक छ भने ९ गते पोलिटब्युरो, १० र ११ गते केन्द्रीय कमिटी र १२ गते निर्वाचन परिचान कमिटीको बैठक बस्ने तालिका छ।

प्रकाशित मिति: ११:३९ बजे, मंगलबार, भदौ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्