सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँडका लागि शीर्ष नेता नै छलफलमा
काठमाडौं, भदौ ६ : सत्तारुढ गठबन्धनका दलहरुको बैठक मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकमा आगामी निर्वाचनमा सिट बाँडफाँडका विषयमा...
काठमाडौं, भदौ ६ : सत्तारुढ गठबन्धनका दलहरुको बैठक मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकमा आगामी निर्वाचनमा सिट बाँडफाँडका विषयमा शीर्ष नेताहरुले छलफल गर्ने छन्।
सिट बाँडफाँड गर्न बनाइएको कार्यदलले सिट संख्या ट्युंग्याउन नसकेपछि त्यसका लागि शीर्ष नेता आफैं छलफलमा जुटेका हुन्। मंगलबार पनि सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल भएको थियो ।
गठबन्धनका दलहरुबीच ०७४ संयीय र ०७९ स्थानीय चुनावको मतपरिणामको आधारमा सिट बाँडफाँड गर्ने सहमति भएपनि सख्याका विषयमा सहमति जुट्न सकेको छैन ।
प्रकाशित मिति: ११:१७ बजे, मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











