Kathmandu Press

महाअभियोग सिफारिस समितिको बैठक बस्दै

काठमाडाैं, भदाै ७ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोग छानबिनका लागि बनाइएको सिफारिस समितिको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो २...
महाअभियोग सिफारिस समितिको बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडाैं, भदाै ७ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोग छानबिनका लागि बनाइएको सिफारिस समितिको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो २ बजे बस्ने बताइएको छ।

बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि छानबिन गर्न कार्यविधि र कार्यतालिका तय गर्ने छ भने समितिको सभापति चयन गर्ने बताइएको छ।

जबरामाथिको महाअभियोगका विषयमा छानविन गर्न प्रतिनिधिसभाले फागुन २२ मा ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो।

फागुन १  २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो । फागुन २९ मा प्रतिनिधि सभामा पेस भएको महाअभियोग प्रस्तावमाथि सैद्धान्तिक छलफल गरेर साउन २२ मा महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।

सिफारिस समितिमा सांसदमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा। शिवमाया तुम्बाहाङ्फे छन् ।

प्रकाशित मिति: १०:२९ बजे, मंगलबार, भदौ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्