उपेन्द्र यादव भन्छन्– मधेस प्रदेशका मुख्यमन्त्री हटाउने योजना छैन
जनकपुर, भदाै ७ : जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई हटाउने योजना नरहेको बताएका छन्। उनले...
जनकपुर, भदाै ७ : जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई हटाउने योजना नरहेको बताएका छन्। राउत राउतलाई हटाउने चर्चा चलेपछि अध्यक्ष यदावले मुख्यमन्त्री राउत पदबाट राजीनामा दिन पार्टीले निर्देशन नदिएको पनि बताए ।
‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन पार्टीले निर्देशन दिएको छैन,’ पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘तत्काल पदबाट हटाउने योजनासमेत रहेको छैन ।’ उनले मुख्यमन्त्री राउतलाई हटाउने भनेर चलेको हल्लमा सत्यता नभएको भन्दै मुख्यमन्त्रीलाई त्यस्तो कुनै निर्देशन दिएको छैन, हटाउने कुनै योजना पनि नभएको उल्लखे गरे।
सातवटा प्रदेशका मुख्यमन्त्रीमध्ये छ प्रदेशको मुख्यमन्त्री फेरिए पनि मधेस प्रदेशको मुख्यमन्त्री फेरिएको छैन।
यसैबीच मधेस प्रदेशका मुख्यमन्त्री राउतले पनि आफूलाई राजीनामा दिन कुनै निर्देशन नआएको बताएका छन्।











