Kathmandu Press

साग महिला भलिबलः समूह उपविजेता बन्दै नेपाल सेमिफाइनलमा 

काठमाडौं, मंसिर १३ : नेपाल समूह उपविजेता बन्दै १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको सेमिफाइनल प्रवेश गरेको छ। ....

साग महिला भलिबलः समूह उपविजेता बन्दै नेपाल सेमिफाइनलमा 

काठमाडौं, मंसिर १३ : नेपाल समूह उपविजेता बन्दै १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको सेमिफाइनल प्रवेश गरेको छ। 

त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेपछि नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो। 

जितसँगै भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको छ। भारतले बिहीबार भएको खेलमा नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। 

समूह चरणमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेट पराजित गरेको थियो। समूह चरणको दुवै खेल गुमाएको बंगलादेश भने समूह चरणबाट बाहिरिएको छ। 

अब नेपालले सेमिफाइनलमा समूह ‘बी’ मा रहेका श्रीलंका र माल्दिभ्सबीचको  विजेतासँग प्रतिस्पर्धा गर्नेछ। 
 

प्रकाशित मिति: १५:३५ बजे, शुक्रबार, मंसिर १३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्