Kathmandu Press

सीट बाँडफाँड गर्न गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं, भदौ ७ : आगामी निर्वाचनका लागि सीट बाँडफाँड गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ३ बजे...
सीट बाँडफाँड गर्न गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं, भदौ ७ : आगामी निर्वाचनका लागि सीट बाँडफाँड गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ३ बजे गठबन्धनको बैठक बस्ने कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। आजको बैठकमा सीट बाँडफाँडका विषयमा छलफल हुने जनाइएको छ।

गठबन्धनले सीट बाँडफाँड गर्न कार्यदल बनाएको थियो। कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा रहेको कार्यदलले सीट बाँडफाँडको टुंगो लगाउन नसकेपछि गठबन्धनका शीर्ष नेता छलफलमा जुटेका हुन्।

सोमबार पनि गठबन्धनका शीर्ष नेताको बैठक बसेको थियो। सीट बाँडफाँडका विषयमा छलफल भएको र निश्कर्ष नजिक पुगेको मन्त्री कार्कीले बताए।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा चुनावमा गठबन्धन दलबीच तालमेलको सहमति भइसकेको छ। त्यसका लागि सीट बाँडफाँडमा छलफल चलिरहेको छ।

 

प्रकाशित मिति: ०८:५० बजे, मंगलबार, भदौ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्