आज संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रस्तुत हुने
काठमाडौं, भदौ ७ : प्रतिनिधिसभाको आजको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुने भएको छ।आजको बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप...
काठमाडौं, भदौ ७ : प्रतिनिधिसभाको आजको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुने भएको छ।
आजको बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरिने भएको छ। यसका लागि आज बिहान १० बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले विधेयक प्रस्तुत गर्ने संसद्को सम्भावित कार्यसूची रहेको छ।
यसैगरी बैठकमा “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले दर्ता गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
प्रकाशित मिति: ०८:१२ बजे, मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











