Kathmandu Press

एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, भदौ ७ : नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दै छ।ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बैठक बोलाइएको...
एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, भदौ ७ : नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दै छ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बैठक बोलाइएको एमाले कार्यालय सचिव भीष्म अधिकारीले बताए। उनका अनुसार आजको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारीलगायत विषयमा छलफल हुनेछ।

स्थायी कमिटी बैठकपछि एमालेले पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ। एमालेको पोलिटब्यूरो बैठक भदौ ९ गते तथा केन्द्रीय कमिटी बैठक भदौ १० र ११ गते बोलाइएको छ।

त्यसपछि केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक बस्ने उनले बताए। एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक भदौ १२ गते बोलाइएको छ। यसको संयोजक अध्यक्ष केपी शर्मा ओली रहेका छन्।

 

प्रकाशित मिति: ०७:४८ बजे, मंगलबार, भदौ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्