Kathmandu Press

विप्लवको बन्दको प्रभाव काठमाडौंमा सामान्य

काठमाडौं, भदौ ७ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौंमा सामान्य रहेको छ।सरकारसँग यसअघि भएको सहमतिअनुसार, आफ्ना कार्यकर्तामाथि...
विप्लवको बन्दको प्रभाव काठमाडौंमा सामान्य

काठमाडौं, भदौ ७ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौंमा सामान्य रहेको छ।

सरकारसँग यसअघि भएको सहमतिअनुसार, आफ्ना कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता गर्न माग गर्दै नेकपाले आज नेपाल बन्दको आह्वान गरेको छ। काठमाडौंमा बन्दको प्रभाव सामान्य रहेको छ।

नेकपाको बन्दलाई अन्य तीन दलले समर्थन गरेका छन्। ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी) ले समर्थन जनाएका छन्।

आज बिहानैदेखि चोकचोकमा सुरक्षाकर्मी परिचालन गरिएका छन्। जसले गर्दा सामान्य रुपमा सवारी साधन चलिरहेका छन्।

काठमाडौं बाहिर भने लामो दूरीका सवारी साधन चल्न सकेका छैनन्। फाट्टफुट्ट छोटो दूरीका सवारी साधन चलिरहेका छन्।

 

प्रकाशित मिति: ०७:०५ बजे, मंगलबार, भदौ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्