देशभर सामान्य बदली, मेघ गर्जनसहित वर्षाको सम्भावना
काठमाडौं, भदौ ७: मनसुनी वायुको प्रभावले देशभर सामान्य बदली हुने र केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।जल तथा मौसम विज्ञान विभागका...
काठमाडौं, भदौ ७: मनसुनी वायुको प्रभावले देशभर सामान्य बदली हुने र केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको छ।
जसले गर्दा हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै भूभागमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, आज राति पनि मधेश प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।











