Kathmandu Press

अनागरिकको जीवन बिताइरहेकालाई नागरिकता दिन नागरिकता विधेयक : गृहमन्त्री 

काठमाडौं, भदौ ६ : गृहमन्त्री बालकृष्ण खाँणले अनागरिकको जीवन बिताइरहेकाहरूलाई नागरिकता दिनका लागि सरकारले नागरिकता सम्बन्धि विधेयक ल्याउनुपरेको बताएका छन् ।सिंहदरवारमा सोमबार आयोजित...
अनागरिकको जीवन बिताइरहेकालाई नागरिकता दिन नागरिकता विधेयक : गृहमन्त्री 

काठमाडौं, भदौ ६ : गृहमन्त्री बालकृष्ण खाँणले अनागरिकको जीवन बिताइरहेकाहरूलाई नागरिकता दिनका लागि सरकारले नागरिकता सम्बन्धि विधेयक ल्याउनुपरेको बताएका छन् ।

सिंहदरवारमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वकै सरकारले ल्याएको विधेयक र अध्यादेश अनुसार नै सो विधेयक ल्याइएको दाबी समेत गरे ।

गृहमन्त्री खाणले बुबाआमा नागरिक भएर पनि सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गर्न पनि सरकारले सो विधेयक ल्याएर उनीहरुलाई नागरिकता दिलाउन सार्थक प्रयत्न गरेको बताए । उनले संवैधानिक व्यवस्था अनुसार नै गैरआवासीय नेपाली नागरिकहरुलाई नागरिकता दिने व्यवस्था गर्नु परेको बताए  ।

उनले संवैधानिक व्यवस्था अनुसार नै गैरआवासीय नेपाली नागरिकहरूलाई नागरिकता दिने व्यवस्था गर्नुपरेको बताए । उनले नागरिकता विधेयकमा महिलाहरूको स्वाभिमानमाथि चोट पुर्‍याउने खालको कुनै पनि प्रावधान नभएको बताए । 

प्रकाशित मिति: २०:१८ बजे, सोमबार, भदौ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्