पार्किङका लागि बनाएको संरचना अन्य रूपमा प्रयोग नगर्नुहोला : मेयर शाह

काठमाडौं, भदौं ६ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पार्किङका लागि बनाइएका संरचना पार्किङमा नै प्रयोग गरिदिन आग्रह गरेका छन् ।
सोमबार शाहको नेतृत्वमा पार्किङ भनेर नक्सा पास भएका तर अन्यरुपमा प्रयोग भएका संरचनाहरुलाई कारबाही गरिएको थियो । बानेश्वरबाट सुरु भएको कारबाही अभियान महानगरका सबै क्षेत्रमा पुग्ने मेयर शाहले बताए ।
उनले त्यस्ता संरचनाहरुको अनुगमन, खोजी र कारबाही निरन्तर चल्ने जनाएका छन् । अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन भनेर महानगरपालिकाले ३५ दिने सूचना निकालेको थियो । उनले कारबाहीमा पर्नुभन्दा महानगरप्रतिको जिम्मेवारीले सबैलाई सचेत बनिदिन पनि आग्रह गरेका छन् ।
प्रकाशित मिति: १९:३० बजे, सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











