Kathmandu Press

समान तहका कर्मचारीको तलब एउटै बनाउन समिति गठन

काठमाडौं, भदौं ६  : सरकारी कर्मचारीको तलब एउटै बनाउन पूर्व मूख्यसचिवको लिलामणि पौड्यालको संयोजकत्वमा समिति गठन भएको छ।सरकारले एउटै तहका कर्मचारीहरुको तलब समान...
समान तहका कर्मचारीको तलब एउटै बनाउन समिति गठन

काठमाडौं, भदौं ६  : सरकारी कर्मचारीको तलब एउटै बनाउन पूर्व मूख्यसचिवको लिलामणि पौड्यालको संयोजकत्वमा समिति गठन भएको छ।

सरकारले एउटै तहका कर्मचारीहरुको तलब समान बनाउन उच्चस्तरीय अध्ययन समिति गठन गरेको हो।

अर्थमन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले पूर्वमूख्य सचिव पौड्यालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो।  

समान तलब नभएको भन्दै कर्मचारीहरू आन्दोलित बनेपछि अर्थमन्त्री जनार्दन शर्माले समान तलब बनाउने आश्वासन दिएका थिए। 

प्रकाशित मिति: १८:१६ बजे, सोमबार, भदौ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्