सिट बाँडफाँटबारे सहमतिनजिक सत्ता गठबन्धन, मंगलबार दिउँसो ३ बजे पुनः बैठक बस्ने
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकमा सिट बाडफाँटको विषय निष्कर्षनजिक पुगेको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
काठमाडाैं, भदाै ६ : सत्तारुढ गठबन्धनको बैठकमा सिट बाँडफाँटको विषय सहमतिनजिक पुगेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकमा सिट बाडफाँटको विषय निष्कर्षनजिक पुगेको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
बैठकमा सिट बाडफाँटका साथै त्यसपछिको अवस्थाबारे पनि छलफल भएको उनले बताए। कार्कीले बाँडफाँटको टुंगो लगाउन भाेलि मंगलबार दिउँसो ३ बजे पुनः बैठक बस्ने र थप छलफल हुने जानकारी दिए।
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनाव जाने सहमति भएको छ तर सिट बाँडफाँटको विषय भने अझै टुंगाेमा पुग्न सकेको छैन।
प्रकाशित मिति: १८:०३ बजे, सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार