Kathmandu Press

उत्तर कोरियाको सम्बन्धलाई जनस्तरमा प्रवर्धन गर्नुपर्छ : तिमिल्सिना

काठमाडाैं, भदाै ६ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उत्तर कोरियाको सम्बन्धलाई जनस्तरमा प्रवर्धन गर्नुपर्नेमा जोड दिएका छन्।नेपाल–कोरिया मैत्री संघ र सङ्गुन समर्थक संस्थाले...
उत्तर कोरियाको सम्बन्धलाई जनस्तरमा प्रवर्धन गर्नुपर्छ : तिमिल्सिना

काठमाडाैं, भदाै ६ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उत्तर कोरियाको सम्बन्धलाई जनस्तरमा प्रवर्धन गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल–कोरिया मैत्री संघ र सङ्गुन समर्थक संस्थाले नेता किम जोन इलले कोरियाली सेनालाई निर्देशन दिएको ६२औं वर्ष पुगेका अवसरमा आज काठमाडाैंमा आयोजना गरिएको कार्यक्रममा कोरियाका जनताले स्वतन्त्रता र स्वाधीनताका लागि देखाएको एकताको सराहना गर्दै अध्यक्ष तिमिल्सिनाले सरकारदेखि सरकारको सम्बन्धलाई अब जनतादेखि जनतासम्म पुर्‍याउन खाँचो रहेको औँल्याए।

नेकपा (माले) का महासचिव सिपी मैनालीले वैदेशिक हस्तक्षेपलाई निस्तेज गरी कोरियाले आफ्नो राष्ट्रियता संरक्षणका लागि देखाएको दृढताबाट नेपालले शिक्षा लिनुपर्ने विचार व्यक्त गरे।

सांसद नविना लामाले नेपालको दिगो विकासका लागि बामपन्थी शक्तिबीच एकताको आवश्यकता रहेको बताए।

राजनीतिक विश्लेषक सुरेन्द्र केसीले रोजगारीका साथै अवसरका खोजीमा करिब ८० लाख युवाशक्ति विदेशिएको अहिलेको समयमा नेपालमा गरिने कुनै पनि क्रान्ति सफल नहुने विचार व्यक्त गरे।

नेपाल–कोरिया मैत्री सङ्घका महासचिव फणीन्द्रराज पन्त, वामपन्थी नेताहरु हस्तबहादुर केसी र दावा तामाङले उत्तर कोरिया र दक्षिण कोरियाको जनताको पुनरएकीकरण हुने चाहना भएकाले त्यो पूरा हुनुपर्ने शुभेच्छा व्यक्त गरे। 

प्रकाशित मिति: १७:४६ बजे, सोमबार, भदौ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्