Kathmandu Press

उम्मेदवारले निर्वाचन खर्चको अनुमानित रकम मनोनयनसँगै उल्लेख गर्नुपर्ने

काठमाडाैं, भदाै ६ : आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेद्वारहरुले निर्वाचनको खर्चको अनुमानित रकम मनोनयनपत्र दर्ता गर्दा नै जानकारी गराउनुपर्ने भएको छ।निर्वाचन...
उम्मेदवारले निर्वाचन खर्चको अनुमानित रकम मनोनयनसँगै उल्लेख गर्नुपर्ने

काठमाडाैं, भदाै ६ : आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेद्वारहरुले निर्वाचनको खर्चको अनुमानित रकम मनोनयनपत्र दर्ता गर्दा नै जानकारी गराउनुपर्ने भएको छ।

निर्वाचन आचारसंहिता २०७९ लाई सुझावका आधारमा परिमार्जन र संशोधनका लागि दलहरुसंग छलफल गर्दै निर्वाचन आयोगले अनुमानीत चुनावी खर्च र स्रोतका बारेमा मनोनयनपत्र दर्ता गर्दा नै जानकारी गराउनुपर्ने जनाएको हो।

त्यस्तै उम्मेद्वारहरुले मनोनयनपत्र दर्ता गर्दा नै आफ्नो सम्पत्ति  विवरण र व्यक्तिगत विवरण बुझाउनुपर्ने व्यवस्थासमेत आयोगले गर्न लागेको छ।

त्यस्तै निर्वाचन प्रचारमा १० वटा सम्म राष्ट्रिय प्रयोग गर्न पाउने व्यवस्था आयोगले गर्न लागेको छ। निर्वाचन आचारसंहितका बारेमा दलहरुबाट मिश्रित सुझाव आएको र सुझावहरुका आधारमा छिटै राजपत्रमा प्रकाशनका लागि पठाउने तयारी भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

त्यस्तै दलहरुसंग खर्चको सीमाबारे पनि छलफल भएको र अर्को बैठकले टुंगाे लगाउने उनले बताए। बैठकमा प्रमुख निर्वाचन आयुक्तले आचारसंहिता कार्यान्वयनमा जोड दिएको प्रवक्ता पौडेलले जानकारी दिए। 

छलफलपछि नेकपा एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले यसअघिको निर्वाचनमा भएका विकृतिलाई अन्त्य गर्दै आयोगले नया आचारसंहिता ल्याएको र यसबारे जानकारी गराएको बताए।

छलफलमा अन्य नेताहरुले पनि आचारसंहित कडाईका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको उनले बताए। त्यस्तै लोसपाका नेता केशव झाले निर्वाचन आचारसंहितमा रहेका विभिन्न विषयमा छलफल भएको जानकारी दिए।

प्रकाशित मिति: १६:५१ बजे, सोमबार, भदौ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्