काठमाडौं उपत्यकामा २४२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ ६ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा १ सय ८३, ललितपुरमा...
काठमाडौं, भदौ ६ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा १ सय ८३, ललितपुरमा ४६ र भक्तपुरमा १३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ८७० पुगेको छ। तीमध्ये काठमाडौंमा २ हजार ९१, ललितपुरमा ७ सय १२ र भक्तपुरमा ६७ जना रहेको मन्त्रालयले जनाएको छ।
सोमबार देशभर ६ सय ५८ जना जनामा कोरोना संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ४ हजार २ सय ९६ पुगेको छ।
प्रकाशित मिति: १६:०१ बजे, सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











