Kathmandu Press

थप ६५८ जनामा कोरोना संक्रमण पुष्टि, एककाे मृत्यु

हाल नेपालमा ४ हजार २ सय ९६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ। 
थप ६५८ जनामा कोरोना संक्रमण पुष्टि, एककाे मृत्यु

काठमाडाैं, भदाै ६ : नेपालमा पछिल्लाे २४ घन्टामा थप ६ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ३ हजार ३ सय ८१ पिसिआर परिक्षणका क्रममा ४ सय ५ र ३ हजार २ सय ६२ एन्टीजेन परिक्षणका क्रममा २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिलेसम्म ११ हजार नौ सय ९३ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भइसकेको छ। त्यस्तै थप ४ सय ५६ संक्रमित निको भएका छन्।

हाल नेपालमा ४ हजार २ सय ९६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ। तीमध्ये होम आइसोलेसनमा चार हजार एक सय ३४, संस्थागत आइसोलेसनमा एक सय ६२, सघन उपचार कक्ष ९आइसियु०मा ५० र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ।

५ सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, कालिकोट, मुगु र डोल्पा रहेका छन्।

पछिल्लाे २४ घण्टामा ३८ हजार १५ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्।

प्रकाशित मिति: १५:५२ बजे, सोमबार, भदौ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्