Kathmandu Press

अन्तर्घात छानबिनबारे प्रतिवेदन बुझ्दै प्रचण्डले भने- अन्तर्घातीलाई कारबाही हुन्छ

काठमाडौं, भदौ ६ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताएका छन्।पार्टीले अन्तर्घात छानबिनका लागि गठित...
अन्तर्घात छानबिनबारे प्रतिवेदन बुझ्दै प्रचण्डले भने- अन्तर्घातीलाई कारबाही हुन्छ

काठमाडौं, भदौ ६ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताएका छन्।

पार्टीले अन्तर्घात छानबिनका लागि गठित समितिको प्रतिवेदन बुझ्दै उनले त्यस्तो बताएका हुन्। सोमबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित एक कार्यक्रमबीच अनुशासन आयोगका अध्यक्ष टंक राई नेतृत्वको समितिले अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाएको हो। 

सोही कार्यक्रममा उनले पार्टी अनुशासन तोड्नेलाई कारबाही नगरे कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टीजस्तो नरहने, माओवादी केन्द्र पनि कम्युनिस्ट पार्टीजस्तो नहुने बताएका हुन्।

‘‘अनुशासनमा नबस्नेलाई कारबाही नगर्ने हो भने कम्युनिस्ट पार्टी रहँदैन। छानबिन गरेर दोषीलाई कारबाही नगरे कम्युनिस्ट आन्दोलन, पार्टी पुनर्गठन अघि बढाउन सम्भव छैन,’ उनले भने।

उनले अन्तर्घात छानबिन पार्टीको अनियमितता र गडबडी सच्याउने विषयसँग मात्र सम्बन्धित नभएर पार्टीलाई विधिसम्मत ढंगले चलाउने र राम्रोलाई प्रोत्साहन गर्ने वषियसँग पनि सम्बन्धित रहेको बताए।

गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा भएको अन्तर्घात छानबिन गर्न माओवादी केन्द्रले अनुशासन आयोगका संयोजक टंक राईको संयोजक, मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेको समिति गठन गरेको थियो।

प्रतिवेदन चार परिच्छेदमा विभक्त रहेको समिति अध्यक्ष राईले बताए। छानबिनका क्रममा ५०० जनाभन्दा बढी व्यक्तिसँग अन्तरक्रिया गरिएको बताउँदै उनीहरुले दिएको जानकारीको आधारमा प्रतिवेदनलाई अन्तिम रुप दिइएको बताए।

राईंले पार्टीभित्र अन्तर्घात भएका कारण लहान, सिराहा, महोतरी, बर्दिया लगाएतका स्थानमा पराजय भोग्नु परेको जिकिर गर्नुभयो । उहाले उम्मेद्वारको चयन गर्दा केहि कमजोरी भएकाले पनि अन्तर्घात भएको हुन सक्ने धारणा राखे। 

राईले पार्टीप्रति प्रतिबद्ध बनाउन, पार्टीमा अनुशासित ढंगले लाग्ने बनाउने दृष्टिकोणबाट छानविनका निष्कर्ष केन्द्रित रहेको बताए।

प्रकाशित मिति: १५:३७ बजे, सोमबार, भदौ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्