नेपाल उडानमा जजिरा र भिस्तारा थपिए, स्पाइसजेटको तयारी
काठमाडौं, मंसिर १३ : नेपाल उडान गर्न विदेशी विमान कम्पनीहरू आकर्षित हुन थालेका छन्। पछिल्लो समय दुई विदेशी विमान कम्पनीले उडान थालेका छन् भने एउटाले त....

काठमाडौं, मंसिर १३ : नेपाल उडान गर्न विदेशी विमान कम्पनीहरू आकर्षित हुन थालेका छन्। पछिल्लो समय दुई विदेशी विमान कम्पनीले उडान थालेका छन् भने एउटाले तयारी गरिरहेको छ।
भ्रमण वर्ष २०२० को संघारमा भारतीय र कुवेतको नयाँ विमान कम्पनीले उडान सुरू गरेका हुन्। काठमाडौं–कुवेत उडानका लागि कुवेतको जजीरा एयरलाइन्स र काठमाडौं–नयाँ दिल्ली उडानका लागि टाटा समूहको लगानीमा सञ्चालित भारतको भिस्तारा एयरलाइन्स थपिएका हुन्।
जजिराले कात्तिक ३ गतेदेखि र भिस्ताराले कात्तिक २६ गतेदेखि उडान संचालन गरेको नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ। यिसँगै नेपालबाट उडान गर्ने विदेशी एयरलाइन्सको संख्या २९ पुगेको छ।
सन् २००४ मा स्थापना भएको कुवेतको जजिरा एयरलाइन्सले खाडी मुलुकमा उडान गर्दै आएको छ। जजीराले हालै अहमदावाद, बहराईन, काइरो, दिल्ली, दोहा, इस्तानबुल, रियादलगायत विभिन्न ३५ गतब्यमा उडान गर्दै आएको छ।
जजीरालाई काठमाडौं–कुबेत सातामा चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्ने अनुमति दिएको क्यानका सूचना अधिकारी त्रिलोचन पौडेलले बताए।
टाटा सन्स र सिंगापुर एयरलाइन्सको संयुक्त लगानीमा सन् २०१३ मा स्थापना भएको भिस्ताराले सन् २०१५ मा दिल्ली–मुम्बई उडान सुरू गरेको थियो। यसले दिल्ली, मुम्वई, राँची, अमृतसार, बैंगलोर, हैदरावादलगायत भारतका विभिन्न २७ गन्तब्यमा उडान गर्दै आएको छ।
भिस्तारालाई काठमाडौं–नयाँ दिल्ली हप्ताको सात वटा उडान गर्न अनुमति दिइएको छ।
उडानको तयारीमा स्पाइजेट
त्यस्तै, काठमाडौं–नयाँ दिल्ली दैनिक पाँच उडान गर्दै आएको जेट एयरवेजले उडान बन्द गरेपछि भारतीय विमान कम्पनीहरूले चासो देखाएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणमा नयाँ दिल्ली उडानका लागि भारतीय विमान कम्पनीहरुले अनुमति माग्ने क्रममा बृदि भएको छ।
लामो समय नेपाल उडान बन्द गरेको स्पाईजेटले पुनः उडानको तयारी गरेको छ। प्राधिकरणका अनुसार, भारतको स्पाइसजेटले उडानका लागि प्रक्रिया सुरू गरेको छ। भारतका मुम्बई, दिल्ली, बैंग्लोरबाट काठमाडौं उडान गर्ने स्पाइसजेटको तयारी रहेको छ।
त्यस्तै भारतकै गो एयरले पनि काठमाडौं उडान गर्ने योजना बनाएको छ। काठमाडौ उडान गर्ने तयारी गरिरहेको गो एयरले आगामी जनवरीदेखि अनुमतिका लागि प्रक्रिया सुरू गर्ने भएको छ।












-(7)-1765197040.jpg)