निर्वाचनअघि कुनै पार्टीसँग एकताकाे सम्भावना छैन : खनाल
गुल्मी, भदौ ६ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले निर्वाचनअगाडि कुनै पार्टीसँग एकता हुने सम्भावना नरहेको बताएका छन्। माओवादी केन्द्रसँग पार्टी एकताको चर्चा...
गुल्मी, भदौ ६ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले निर्वाचनअगाडि कुनै पार्टीसँग एकता हुने सम्भावना नरहेको बताएका छन्।
माओवादी केन्द्रसँग पार्टी एकताको चर्चा चलिरहेको आज (सोमबार) गुल्मी सदरमुकाम तम्घासमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खनालले नेकपा एस र माओवादीको बीचमा वैचारिक निकटता देखिएपनि तत्काल पार्टी एकताको सम्भावना नरहेको बताए।
‘पार्टीहरुको बीचमा वैचारिक, राजनीतिक, सैद्धान्तिक र लक्ष्यहरुका बीचमा एकरुपता भयो भने दुई वा दुईभन्दा बढी पार्टीहरु एक हुनसक्छन्,’ नेता खनालले भने, ‘तर निर्वाचनअगाडि कुनै पार्टीसँग एकता हुने सम्भावना भने कम छ।’
यद्यपि नेपालमा वामपन्थी एकता भने आवश्यक रहेको तर उनले ठुला भनिने कम्युनिस्ट पार्टीहरुले त्यो नचाहेको बताए।
‘मैले हिजो पनि वामपन्थी एकताको पक्षमा बोल्दै आएको थिए। एकताका लागि ठुला भनिने दल र तिनका नेताहरुले चाहानुपर्छ,’ उनले भने, ‘तर ती पार्टीहरुले वामपन्थी एकता नचाहेका कारण तत्काल एकताको सम्भावना छैन।











